तीन करोडको बजेट सीमा पूर्ण रुपमा लागु हुन्छ, ढुक्क हुनुस्ः अर्थमन्त्री पौडेल

१० असार २०८२, मंगलवार १४:५७

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीन करोडको बजेट सीमा सरकारले पूर्ण रुपमा कार्यान्वयन भएको बताएका छन् । मंगलबार प्रतिनिधी सभामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘सार्वजनिक खरिद नियामवली नेपाल सरकारले संशोधन गरेको छ । यसलाई प्रभावकारी बनाउन सरकार प्रविधिमैत्री र विकासमैत्री बन्ने छ ।’ उनले सरकारले आगामी आर्थिक वर्ष पूजीगत खर्चको आकार बढाउने र साधन खर्चलाई घटाउँदै जाने लक्ष्य रहेको बताए ।

‘आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्दै सरकारले करको दायरा बृद्धि गरेको छ । सरकारले विलासी बस्तुहरुमा समेत कर परिमार्जन गरेको छ । राजश्व संकलनलाई बढाउन र चुहावट रोक्नलाई राजश्व प्रशासनको क्षमता बृद्धि गरिएको छ।’ अर्थमन्त्री पौडेलले भने । उनले भने, ‘सरकारले उखु किसानको अनुदान चाँडै उपलब्ध गराउने भएको छ । उक्त कार्यको लागि बजेट विनियोजन गरेको छ । ’

सम्पन्न भएका आयोजनाको भुक्तानी दिने कार्यलाई सरकारले प्राथमिकता दिएको उनले बताए । उनले विदेशमा आर्जन भएको ज्ञान र रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*