हाइड्रोपावरका लगानीकर्ता दैनिक मालामाल बन्दै, आज यी १० कम्पनीको मूल्य सर्वाधिक बृद्धि
१० असार २०८२, मंगलवार १५:१७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १.९८ अंकले बृद्धि भएर २६०१.८४ को बिन्दुकम कायम भएको छ ।
शेयर बजार बढेसँगै आज ओम मेगाश्री फर्मास्युटीकल्सको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको आज ८.०१ प्रतिशत अर्थात एक सय दुई रुपैयाँले मूल्य बृद्धि भएको छ ।
त्यस्तै, हिमालयन पावरको ७.८७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९७ प्रतिशत, पियोर इनर्जीको ५.८४ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.८३ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













