नेपाली बजारमा एलएस अटोको प्रिमियम ईभी: डिजाइन र रेंज दुवै उत्कृष्ट, ‘अटो शो’मा सार्वजनिक हुने

१० असार २०८२, मंगलवार १५:२९

काठमाडौँ ।  एलएस अटो विश्वकै सबैभन्दा ठूलो डिजाइन हाउसमध्ये एक संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डका अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता टर्नकी प्रोजेक्टहरू गर्दै आएको यस कम्पनीले अब आफ्नै ब्रान्डमा इलेक्ट्रिक सवारी साधन उत्पादन गर्दै विश्व बजारमा नयाँ पहिचान बनाइरहेको छ। चीनको संघाइ लन्च अटोमोटिभले अटोमोबाइल मात्र होइन उच्च गतिमा चल्ने रेल तथा हेलिकप्टर डिजाइनमा समेत सक्रिय सहभागिता जनाएको छ।

कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार युनिट गाडी उत्पादन गर्न सक्ने कारखाना सञ्चालनमा छ भने युरोपेली बजार लक्ष्यित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ। एलएस अटोले अहिलेसम्म नेपालसहित युएई, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। कम्पनीले आफ्नो पहिलो उत्पादन सिरिज ‘एलईभी’ अन्तर्गतका मोडेलहरु क्रमशः बजारमा ल्याइरहेको छ।

एलईभी सिरिजअन्तर्गत एलएस अटोले पहिलो मोडेलका रुपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिसकेको छ। नेपालको लागि नेक्सन भेन्चरलाई आधिकारिक वितरक नियुक्त गरेसँगै यो मोडेल नेपाली बजारमा भित्रिसकेको हो। एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ। दुबै भेरियन्टमा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ जसले ५०० किलोमिटरसम्मको रेंज प्रदान गर्छ। ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको यस इभीले ३०० न्यूटन मिटर टर्क उत्पादन गर्छ। नेपालको सडक अवस्थालाई मध्यनजर गर्दै यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स राखिएको छ भने ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ।

एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले दक्षतामा एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशत बढी क्षमतायुक्त भएको ग्लोबल समीक्षाहरूले उल्लेख गरेका छन्। यस इभीको ड्रयाग कोएफिसियेन्ट ०.२६८ मात्र छ, जुन विद्युतीय एसयूभीहरूमा निकै न्यून हो। डिजाइनतर्फ हेर्दा यसमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट, सस्पेन्डेड टेललाइट, लेदरेट स्टेरिङ र सिट, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट तथा मल्टी ड्राइभ मोडका सुविधा उपलब्ध छन्। सुरक्षा पक्षमा पनि १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन्। युरो एनक्यापबाट क्यास टेस्टमा ५ स्टार रेटिङ प्राप्त यो गाडीमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर र ब्याट्री वारेन्टी दिएको छ।

नेक्सन भेन्चरले न्यु शोरुम इनौगुरेशन अफरअन्तर्गत एलईभी ०१ स्ट्यान्डर्ड एडिसनको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। यससँगै एलएस अटोले आगामी २०२५ को NAIMA Auto Show मा थप दुई नयाँ मोडेल एलईभी एक्स र एलईभी ०५ सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ।

एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो जसमा १७ इन्चको अलोय ह्वील र १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ। ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरसहित यसको अधिकतम टर्क १८० न्यूटन मिटर रहेको छ। एलईभी ०५ मा सेग्मेन्टमै पहिलोपटक सबैभन्दा ठूलो ५६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ जसले ४०० किलोमिटरभन्दा बढी रेंज दिनेछ। यो कार ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न मिल्छ।

तेस्रो मोडेलका रुपमा एलईभी एक्स सार्वजनिक हुँदैछ। एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सनको रुपमा ल्याइने एलईभी एक्समा फ्रन्ट र रियर गरेर कुल २०० किलोवाटको मोटर राखिनेछ। यसमा ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक रहनेछ। एलईभी एक्समा ड्यासबोर्डको नयाँ डिजाइन, हाइड्रोलिक बोनट तथा फ्रन्टमा थप लगेज स्टोरेजको लागि फ्रड्स समेत थपिएको छ। यसको मूल्य NAIMA Auto Show मै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

नेपालमा देशव्यापी रूपमा चार्जिङ स्टेसन विस्तार गर्ने योजना बनाएको एलएस अटोले काठमाण्डौं तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ भने कालोपुलमा सर्भिस सेन्टर स्थापना गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*