आज मालदह आँप ६० र लिच्ची २५० रुपैयाँमा किनबेच हुँदै

११ असार २०८२, बुधबार ०७:४२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार ११ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले तोकेको मूल्यअनुसार आज मालदह आँप ६० रुपैयाँ, दसहरी आँप ६५ रुपैयाँ र लोकल लिच्ची २५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।

त्यस्तै कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र सानो लोकल गोलभेँडा २६ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*