नेपालमा सार्वजनिक भयो बिवाईडी डल्फिन २०२५: नयाँ ब्याट्री प्रविधि, आकर्षक डिजाइन

काठमाडौं। नेपालको इलेक्ट्रिक ह्याचब्याक बजारमा बहुप्रतिक्षित बिवाइडी डल्फिन २०२५ संस्करण सार्वजनिक गरिएको छ। चीनको बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंकले यस अपग्रेडेड संस्करणलाई नेपाली बजारमा भित्र्याउँदै देशको इलेक्ट्रिक सवारी उद्योगमा नयाँ मापदण्ड तय गरेको दाबी गरेको छ।
बिवाइडी डल्फिन २०२५ मा इभी क्षेत्रमा पहिलोपटक लिथियम आइरन फस्फेट (एलएफपी) प्रविधिमा आधारित लो भोल्टेज ब्याट्री (एलभिबी) प्रयोग गरिएको छ। परम्परागत लिड–एसिड ब्याट्रीको साटो ल्याइएको यो ब्याट्री ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने र १५ वर्षसम्म टिक्न सक्ने विशेषता बोकेको बताइएको छ। कम्पनीका अनुसार एलभिबीले विश्वसनीयता र इनर्जी स्टोरेजमा नयाँ स्तर निर्धारण गरेको छ।
यस ब्याट्रीमा आठ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ। सँगै, बिवाइडी डल्फिनले ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिँदै ३४० किलोमिटर डब्लुएलटिपी रेन्ज दिने दाबी गरिएको छ। यसमा रहेको डीसी फास्ट चार्जिङ प्रविधिले ३० मिनेटमै ब्याट्री ८० प्रतिशत चार्ज गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ।
२०२५ संस्करणमा थप सुधार र नवप्रवर्तन गरिएको छ। नेपालको विविध भौगोलिक भू–परिस्थितिमा प्रदर्शन सुधार गर्न सस्पेन्सन प्रणालीलाई स्पोर्टी ह्यान्डलिङअनुकूल ट्युन गरिएको छ। रातमा सजिलै देखिने प्रभावशाली एलईडी हेडलाइट्स, उन्नत कुलिङ र हिटिङ क्षमता भएको एसी सिस्टम, मोबाइल एनएफसी की, ब्लुटुथ की र प्यासेन्जर डोर स्विच जस्ता विशेष सुविधाहरू पनि थप गरिएका छन्।
रंगको हिसाबले पनि नयाँ एटलान्टिस ग्रे अप्सन थपिएको छ, जसअनुसार अब बिवाइडी डल्फिन तीनवटा रंग विकल्प—एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइटमा उपलब्ध हुनेछ।
यस्ता नविनतम प्रविधि र फिचरसहित बिवाइडी डल्फिन २०२५ को मूल्य नेपाली बजारमा ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाट क्षमताको होम चार्जर पनि समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।
बिवाइडी डल्फिनको यो नयाँ संस्करण सार्वजनिक गरिने कार्यक्रममा कम्पनीले बिवाइडी डल्फिनको विश्वव्यापी बिक्री ८ लाख ३० हजार युनिट पार गरेको र तीमध्ये २ हजार ४९० युनिट नेपालमा डेलिभर भइसकेको उपलब्धि पनि मनाएको थियो। कम्पनीका अनुसार डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याकको रूपमा स्थापित भइसकेको छ र यसको माग अझै बढ्दो छ।
कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनप्रति कम्पनीको प्रतिबद्धता दोहोर्याउँदै भनिन्, ‘बिवाइडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन, यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो।’
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, “बिवाइडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो। स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न हामी निरन्तर लागिरहेका छौं।”
बिवाइडी डल्फिन २०२५ हाल देशभरका बिवाइडी शो–रूम र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध गराइएको छ।













