विन नेपालको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त
११ असार २०८२, बुधबार १०:२१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो ।
विन नेपाल लघुवित्तमा विगत लामो समयदेखि कार्यरत रहेका खतिवडाको नेतृत्वमा संस्था प्रगतिपथमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।












