डिम्याट र मेरो शेयर वार्षिक शुल्क असार मसान्तभित्र तिर्न सिटिजन्स बैंकको आग्रह

११ असार २०८२, बुधबार १०:४८

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र तिर्न आग्रह गरेको छ। बैंकले निक्षेप सदस्यको रूपमा आफूसँग डिम्याट (हितग्राही) खाता भएका सम्पूर्ण हितग्राहीहरूलाई आ.व. २०८१/८२ को लागि वार्षिक शुल्क १०० रुपैयाँ तिर्नुपर्ने जानकारी गराएको हो।

शुल्क नतिरेमा खातामा रोक्का लाग्ने चेतावनीसमेत बैंकले दिएको छ। बैंकका अनुसार तोकिएको शुल्क असार मसान्तसम्म सिटिजन्स बैंकको कुनै पनि शाखामा गएर वा मेरो शेयर पोर्टलमा रहेको विभिन्न विद्युतीय भुक्तानी माध्यमहरू प्रयोग गरी तिर्न सकिने व्यवस्था गरिएको छ। तर सो समयसीमाभित्र शुल्क नबुझाएमा ती डिम्याट खाता रोक्का हुने जनाइएको छ।

यसैगरी, मेरो शेयर सेवा प्रयोग गरिरहेका ग्राहकहरूलाई पनि वार्षिक शुल्कस्वरूप ५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*