शिव श्री हाइड्रोपावरको सञ्चालकमा सिजन बज्राचार्य

११ असार २०८२, बुधबार ११:०९

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका छन् ।

कम्पनीको जेठ ८ गते सम्पन्न भएको वार्षिक साधारणसभाबाट सञ्चालकमा बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् । उनी वित्तीय क्षेत्रमा राम्रो ज्ञान र अनुभव भएका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*