पतञ्जली जग्गा प्रकरणमा बयान दिन माधव नेपाल विशेष अदालतमा उपस्थित
११ असार २०८२, बुधबार ११:२१

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।













