गभर्नरको सम्पत्तिः ४५ लाखको सुन, १५ लाखको हिरा, सूचीकृत कम्पनीहरुमा लगानी धेरै, कुन बैंकमा कति ?

काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक सम्पत्ति विवरणअनुसार सुन वा सुनको गहना करिब ४५ तोला र हिरा १५ लाख रुपैयाँ बराबरको रहेको छ।
त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक खातामा २० लाख ६८ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख गरेका छन्। नगद, सुनचाँदीका अलवा उनले विभिन्न कम्पनीमा सेयर लगानी समेत गरेको विवरणमा उल्लेख छ।
गभर्नर पौडेलको सचीकृत कम्पनीहरुमा लगानी धेरै रहेको पाइएको छ । उनी आफू मात्रै नभइ श्रीमती प्रतिभा शर्मा दुबैको नाममा शेयर लगानी गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर ४ भैसेंपाटी मा प्रतिभाको नाममा घरजग्गा छ । ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ। १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको गभर्नरले जनाएका छन्। यो सम्पत्तिको स्रोत पैरृ र स्वआर्जन भनिएको छ।
अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ। त्यहाँको मूल्य ६० लाख उल्लेख गरिएको छ।

गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ भने हिरा करिब १५ लाख रुपैयाँ बराबरको छ । सुन पैतृक आर्जन तथा हिरा स्वआर्जन रहेको उल्लेख गरिएको छ ।पौडेलले आफ्नो र पत्नीका नाममा २० लाख ६८ हजार रुपैयाँ बैंकमा बचत देखाएका छन्। उनले सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरेका छन्। यसबाहेक डलर खाता पनि छ।
गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ भने हिरा करिब १५ लाख रुपैयाँ बराबरको छ। सुन पैतृक आर्जन तथा हिरा स्वआर्जन रहेको उल्लेख गरिएको छ ।पौडेलले आफ्नो र पत्नीका नाममा २० लाख ६८ हजार रुपैयाँ बैंकमा बचत देखाएका छन्। उनले सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरेका छन्। यसबाहेक डलर खाता पनि छ। उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ। उनले पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर रहेको उल्लेख गरेका छन् । आजको दर अनुसार यो भनेको ६ लाख २२ हजार रुपैयाँ हाराहारी हो ।
गभर्नरकी पत्नीका नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार छ। पौडेलले २०७७ भदौमा यो गाडी किनेका हुन्।आफ्नो र पत्नीको नाममा १४ करोड रुपैयाँभन्दा बढीको सेयर रहेको पौडेलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। गभर्नर पौडेलको जलविद्युत कम्पनी र लगानी कम्पनीहरुमा सेयर छ।

सानिमा बैंकमा प्रवर्धक सेयर छ । उनीसँग २ लाख ४४ हजार १७६ कित्ता सेयर छ । उनी यही सेयरका कारण केही वर्षअघि सानिमा बैंकको सञ्चालक पनि भएका थिए । उनका अनुसार, यो सेयरको मूल्य २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँ छ ।
प्रवर्धकबाट सर्वसाधारणमा रुपान्तरण भएको सानिमा माइ हाइड्रोको पनि ९२ हजार ५७९ कित्ता सेयर छ। यसबाहेक सानिमा मिडल तमोर हाइड्रोमा एक लाख ८८ हजार कित्ता सेयर छ । ग्लोबेको प्रालिको एक लाख ८६ हजार ८३४ कित्ता सेयर पौडेल तथा ७५ हजार कित्ता सेयर उनकी पत्नीको नाममा छ।
पौडेलको नाममा संयुक्त हाइड्रोपावरको ५ लाख कित्ता र चितवन इनर्जीको २ लाख ५० हजार कित्ता सेयर छ। कुल १५ लाख ३६ हजार ५८९ कित्ता सेयर रहेको गभर्नरले आफ्नो सम्पत्ति विवरणमा देखाएका छन्।
हेर्नुस् सम्पत्ति विवरण
Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1













