एनआईसी एसिया बैंकको सिष्टम गडबढ, एटिएमबाट रकम नआउने तर पैसा काटिने समस्या

११ असार २०८२, बुधबार १४:१७

काठमाडौं । आज दिउँसो अपरान्हदेखि एनआईसी एसिया बैंकको सिष्टममा गडबढी भएको छ ।

बैंकको एटिएमबाट रकम निकाल्न खोज्दा रकम खाताबाट डेबिट हुने तर एटिएम मेशिनमा नआउने समस्या देखिएको छ । पुतलीसडकका एक सेवाग्राहीले एनआईसी बैंकको एटिएममा समस्या आएको गुनासो गर्दै खाताबाट रकम मात्रै काटिएको तर पैसा नआएको जानकारी दिए ।

त्यस्तै अन्यत्रका एटिएमहरुमा पनि रकम निकाल्न कठिनाई भइरहेको गुनासो प्राप्त भएको छ । एनआईसी एसिया बैंकको एटिमले काम नगरेको तथा सिष्टममा गडबढ भएकोबारे एसिईओ अर्जुन खनियाँसँग जिज्ञाशा राख्दा कुनै जवाफ दिएनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*