बुधबार यी हाइड्रोपावरले बनाए लगानीकर्तालाई मालामाल

११ असार २०८२, बुधबार १५:१२

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले लगानीकर्ताहरुलाई मालामाल बनाइरहेका छन् । समग्र रुपमा सुस्ताएको पूँजी बजारमा पनि हाइड्रो क्षेत्रका कम्पनीहरुको शेयरमूल्य उच्च अंकले बृद्धि भइरहेको छ ।

आज मोदी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेर ३३१ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार तेह्रथुम पावर, पञ्चकन्या माइ हाइड्रोपावर, त्रिशुली जलबिद्युत कम्पनी, माउण्टेन हाइड्रो नेपाल लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*