नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसरः मन्त्री खड्का

१२ असार २०८२, बिहीबार ११:००

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् ।

चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “Integrate Innovation for Energy Future” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (SCO) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले सो कुरामा जोड दिएका हुन् ।

उनले SCO सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्नेमा बल दिए । । ऊर्जा अब व्यापारको विषय मात्र नभई दिगो विकास र साझा समृद्धिको आधार बन्न पुगेको भन्दै उनले  SCO क्षेत्रलाई साझेदारी र नवप्रवर्तनमार्फत ऊर्जा स्वतन्त्रताको यात्रामा अघि बढाउनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

नेपालको ऊर्जा योजनाबारे जानकारी दिँदै मन्त्री खड्काले भने, ‘नेपालले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा १५,००० मेगावाट निर्यात गरिनेछ।’ हाल नेपालमा ३,५०० मेगावाटभन्दा बढी विद्युत उत्पादन भइसकेको र सरकारको योजना निकट भविष्यमै यो दोब्बर बनाउने रहेको उाले स्पष्ट पारे ।

उनले भारतसँग विद्युत व्यापार सुरु भइसकेको, भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत निर्यात गरिएको र यसलाई त्रिपक्षीय ऊर्जा सहकार्यको ऐतिहासिक उपलब्धि को रूपमा लिनुपर्ने बताए ।

एससिओ क्षेत्रमा अवस्थित विशाल जनसंख्या, ऊर्जा स्रोत र सम्भावनालाई दृष्टिगत गर्दै उहाँले नवप्रवर्तन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापारका लागि क्षेत्रीय संरचना निर्माण तथा आपसी सहकार्यलाई थप मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राखेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*