हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी तेज बहादुर भण्डारीको उपचारको क्रममा मृत्यु

१२ असार २०८२, बिहीबार ११:१८

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी तेज बहादुर भण्डारीको मृत्यु भएको छ । कम्पनीको चितवनस्थित नारायणी शाखा कार्यालयमा मार्केटिङ अफिसरका रुपमा कार्यरत भण्डारीको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार अर्थात असार १० गते एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि चितवनको नारायणी अस्पताल लगिएको थियो । अस्पतालमा लगेको केही समयपछि उपचारको क्रममा नै निधन भएको उनको पारिवारले जानकारी दिएको छ । उनको परिवारमा  आमा, बुवा र  श्रीमती  रहेकी छिन् ।

हिमालयन लाइफ इन्स्योरेन्समा उनी विगत १२ वर्षदेखि कार्यरत रहेको कम्पनीले जनाएको छ । स्वर्गिय भण्डारीको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, आफन्तजनको धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन भन्दै मृतक भण्डारी प्रति कम्पनीले हार्दिक श्रद्धान्जली प्रकट गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सले एक कर्तव्यनिष्ठ कर्मचारी गुमाएको छ ।

One thought on “हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी तेज बहादुर भण्डारीको उपचारको क्रममा मृत्यु

  1. निरज कुमार भट्ट says:

    भावपुर्ण श्रध्दाञ्जलि !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*