बीमा प्राधिकरणको बार्षिक नीति तथा कार्ययोजना भोलि, गोदावरीमा हुँदैछ छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्ययोजनामाथि भोलि शुक्रबार छलफल गर्दैछ । प्राधिकरणले ललितपुरको गोदावरीमा एक दिवसीय आवासीय कार्यक्रम राखेर बार्षिक बीमा नीति तथा प्राधिकरणको कार्ययोजनामाथि छलफल गर्न लागेको हो ।
बीमा प्राधिकरणका अध्यक्ष, सबै सञ्चालकहरु (अर्थमन्त्रालयका प्रतिनिधि मदन दाहाल बाहेक), सबै कर्मचारीहरुलाई समावेश गरेर प्राधिकरणका बार्षिक कार्यक्रम तथा बीमा नीति पारित गर्न लागेको हो ।
बीमा प्राधिकरणले गर्ने खर्चहरु बार्षिक नीति तथा कार्यक्रमबाट पारित गराएर खर्च गर्दै आएको छ । त्यस्तै, बीमा सेचतना सम्बन्धीक कार्यक्रमहरु बार्षिक कार्ययोजनामा राखेरै गर्दै आएको छ ।
भोलिको कार्यक्रममा गोदावरीस्थित एक रिसोर्टमा आयोजना गरिएको छ । शुक्रबार गएको टोली शनिबार मात्रै फर्कनेछन् ।
बीमा प्राधिकरणले गत मंगलबारसम्म राय सुझाव उपलब्ध गराउन भनेको थियो । निजि क्षेत्र, बीमा कम्पनीहरुलाई समेत राय सुझाव माग गरेर प्राधिकरणले नयाँ बार्षिक बीमा नीति जारी गर्न लागेको हो ।













