ओमोडा र जेई गाडीमा अफर : एक वर्ष शून्य ब्याज, नगद छुट र एक्सचेन्ज बोनस

१२ असार २०८२, बिहीबार १३:०३

काठमाडौं । नेपालमा ओमोडा र जेई ब्रान्डका गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले वर्षायामलाई लक्षित गर्दै ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ। कम्पनीले असार ११ गतेदेखि लागू हुने गरी देशभर यो योजना सञ्चालनमा ल्याएको हो।

यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले पुराना गाडी साट्दा एक वर्षसम्म शून्य ब्याजदर, नगद छुट तथा विशेष एक्सचेन्ज बोनसको प्रस्ताव गरेको छ। साथै नयाँ इलेक्ट्रिक गाडी खरिद गर्न चाहने ग्राहकका लागि पनि योजना अन्तर्गत सहुलियत प्रदान गरिएको छ।

कम्पनीका अनुसार नयाँ गाडी खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट तिर्दा ओमोडा वा जेई ब्रान्डका नयाँ विद्युतीय गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी साट्न सक्नेछन्। यसरी गाडी खरिद गर्ने ग्राहकलाई सात किलोवाट क्षमताको एसी चार्जर, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र आठ वर्षको मोटर तथा ब्याट्री वारेन्टी समेत दिइनेछ।

त्यसैगरी, नयाँ गाडीमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पनि कम्पनीले शून्य ब्याजदरमै उपलब्ध गराउने जानकारी दिएको छ। अफर अन्तर्गत नगद छुट पनि ग्राहकले सोझै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*