सर्पको डसाईबाट एक महिलाको मृत्यु
१२ असार २०८२, बिहीबार १४:३३

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पको डराइबाट मध्यविन्दु नगरपालिका–६ भण्डारकी ४६ वर्षीया शान्ति डुम्रेको मृत्यु भएको हो ।
बुधबार राति सर्पले डसेपछि उपचारका लागि डुम्रेलाई कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो । तर, उनको गएराति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
डुम्रेलाई राति ९ बजेतिर घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो । गर्मी बढेसँगै जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् ।













