साता कारोबारको अन्तिम दिन कुन कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो ?
१२ असार २०८२, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । आज बैंकको शेयरमूल्य ९.१८ प्रतिशत अर्थात १०९ रुपैयाँले बढेको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ प्रतिशत, बरुण हाइड्रोपावरको ८.९३ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.२१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ६.८४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













