निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३९ अर्बमाथि, कुनको कति ?

१२ असार २०८२, बिहीबार १७:०६

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ३९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्मा ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।

११ महिनासम्ममा निर्जिवन कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा प्रधिकरणको मासिक तथ्यांक अनुसार जेठ मसान्तसम्ममा आइजीआई प्रुडेन्सियलले ३ अर्ब ३९ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ९५ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ७४ करोड रुपैयाँ, ओरियन्टलले २ अर्ब ४२ करोड रुपैयाँ, युनाईटेड अजोडले २ अर्ब ४१ करोड रुपैयाँ, सानिमा जिआईसीले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९७ करोड ७६ लाख रुपैयाँ कुल बीमााशुल्क आर्जन गर्न सफल भएका छन्।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*