सन नेपाल लाइफको हकप्रद बाँडफाँड, २ लाख २४ हजार कित्ता लिलामीमा आउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ बराबर ०.२७ को अनुपातमा बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका ३ लाख ९० हजार २५० जना शेयरधनीलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ।
हकप्रद शेयर बाँडफाँड असार १२ गते हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड सहितको संयुक्त उपस्थितिमा गरेको हो।
बाँडफाँडपछि कम्पनीको २ लाख २४ हजार ७२८ कित्ता शेयर बाँकी रहेको छ। साधारणतया यसरी हकप्रद शेयर निष्कासन गरेर बाँडफाँडपछि बाँकी बसेको शेयर लिलाम प्रक्रियामार्फत् सबैले किन्न पाउने गरी बिक्री गर्ने गरिन्छ।













