नबिल बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

१३ असार २०८२, शुक्रबार ०९:०७

काठमाडौं । नबिल बैंक लिमिटेडलाई ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असार १२ गते अनुमति दिएको छ।

बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत् बाँडफाँड हुनेछ।

यो ८ वर्षे अवधिको ऋणपत्र हो भने यसमा ७ प्रतिशत ब्याजदर तोकिएको छ। क्रेडिट रेटिङ संस्थाले यसलाई इक्राएनपी–आईआर एप्लस रेटिङ दिएको छ।

बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*