पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ गते सबैसँग भेट्ने

१३ असार २०८२, शुक्रबार १०:५५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यही असार २३ गते सबैसँग भेट गर्ने भएका छन्।

असार २३ गते शाहको ७९ औं जन्मदिन परेकाले सो दिन निर्मल निवासमा जन्मोत्वस मनाउने तयारी थालिको सम्बाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका छन्।

साथै त्यो दिन निर्मल निवासमा आयोजना हुने समारोह सबैका लागि खुल्ला रहने र उपस्थित सबैसँग ज्ञानेन्द्र शाहले भेटवार्ता र शुभकामना तथा अभिवादन ग्रहण गर्ने पाठकले जानकारी दिएका छन्।

समारोह बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने पनि सचिवालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*