‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स’ अवार्डबाट सगरमाथा लुम्बिनी सम्मानित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्योरेन्स कम्पनी लिमिटेड बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीवाट सम्मानित भएको छ ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ कार्यक्रममा उक्त कम्पनीलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।
मनोहर दास मुलको अध्यक्षतामा कम्पनीमा आठ सदस्यीय सञ्चालक समिति छ भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री छन् । क्षेत्रीको व्यवस्थापनमा सञ्चालित यस कम्पनीले मर्जरपछि पनि लाभांश वितरणलाई निरन्तरता दिएको देखिन्छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो कम्पनी २५ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ । यस अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन रकम १ अर्ब २९ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस कम्पनीको कुल सम्पत्ति चैत मसान्तसम्म १६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी रकम रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँभन्दा बढी र रिटर्न अर्निङ ६२ करोड ६१ लाख रुपैयाँभन्दा बढी कायम छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८२ पैसा छ ।













