हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दै, कुन कम्पनीको शेयर कतिमा किन्न पाइन्छ ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो समय हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढिरहेको छ । लो क्याप शेयरमा लगानीकर्ताको चासो बढेपछि हाइड्रोपावर समूहको शेयर मूल्य निरन्तर वृद्धि हुँदै गएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत हाइड्रोपावर समूहको परिसूचकमा यस साताको अन्तिम कारोबार दिन बिहिबार ३.८३ अंकले वृद्धि भई ३५५२.२२ बिन्दुमा पुगेको छ । उक्त दिन कुल ३८ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने ५३ कम्पनीको मूल्य घटेको छ ।
बिहिबार सबैभन्दा महँगो शेयर मूल्य रहेको कम्पनी कुथेली बुखारी स्मल हाइड्रोपावर हो । यस कम्पनीको प्रतिकित्ता शेयर मूल्य एक हजार ८९९ रुपैयाँमा पुगेको छ ।
त्यस्तै, सुपर मादी हाइड्रोपावरको प्रतिकित्ता मूल्य एक हजार ३ रुपैयाँ, भगवती हाइड्रोपावरको ८९४ रुपैयाँ, मिड सोलु हाइड्रोपावरको ८९० रुपैयाँ र मान्डु हाइड्रोपावरको ८४९ रुपैयाँ कायम रहेको छ ।
उता, सबैभन्दा कम मूल्यमा कारोबार भइरहेको कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड हो, जसको शेयर मूल्य १९३ रुपैयाँमा झरेको छ ।
बजारमा अहिले पनि १६ वटा हाइड्रोपावर कम्पनीका शेयर ३०० रुपैयाँ मुनि मूल्यमा खरिद गर्न सकिने अवस्थामा छन् ।
लगानीकर्ताको प्राथमिकता हाल हाइड्रोपावरतर्फ मोडिएको देखिनुले आगामी दिनमा यस क्षेत्रको मूल्यमा थप उतारचढाव आउन सक्ने अनुमान गरिँदैछ । बजार विश्लेषकहरुका अनुसार सस्तो मूल्यमा उत्कृष्ट सम्भावना बोकेका परियोजनाहरूमा लगानीकर्ताको ध्यान जान थालेको छ, जसले हाइड्रो शेयरलाई थप चलायमान बनाएको हो ।













