कति छ आज विदेशी मुद्राको विनिमयदर?
१५ असार २०८२, आईतवार ०८:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.४७ रुपैयाँ र बिक्रीमूल्य १३७.०७ रुपैयाँ तोकिएको छ।
त्यसैगरी १० जापानिज यनको खरीददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, यूएई दिराम एकको खरीददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ तोकिएको छ।
यता एक मलेसियन रिंगिटको खरीदभाउ ३२.२७ रुपैयाँ र बिक्रीभाउ ३२.४१ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०३ रुपैयाँ र बिक्रीभाउ १०.०८ रुपैयाँ र कुवेती दिनार एकको खरीददर ४४६.२२ रुपैयाँ र बिक्रीदर ४४८.१८ रुपैयाँ तोकिएको छ।












