बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

१५ असार २०८२, आईतवार १०:३४

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले असार १५ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप संकलनका लागि आवश्यक प्रक्रिया अपनाउँदै सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी दिएको हो।

यस योजनाअन्तर्गत ६३ दिनको अवधिका लागि उपकरण निष्काशन गरिनेछ। बोलकबोल २०८२ असार १५ गते मध्यान्ह ३:०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। सोही दिन उपकरण निष्काशन हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति भदौ १५ गते तोकिएको छ।

उपकरणको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले बहुव्याजदरमा पनि बहुवोलकबोल गर्न सक्नेछन्। यस निक्षेप संकलनमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव गर्नुपर्नेछ भने अधिकतम रकम ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल ३० अर्ब रुपैयाँसम्मको प्रस्ताव गर्न सकिनेछ। प्रस्ताव गरिएको रकम तथा ब्याजदर दशमलव पछाडि चार अंकसम्म उल्लेख गर्नुपर्नेछ।

बोलकबोलको नतिजा निर्धारण गर्दा सबैभन्दा कम ब्याजदर भएका प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी वांडफांड गरिनेछ। यदि समान ब्याजदर भएका बोलपत्रले कुल निष्काशित रकमभन्दा बढी माग गरेमा प्रोराटा आधारमा बाँडफाँड गरिनेछ।

स्वीकृत बोलपत्र अनुसार बैंकले सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकमा रहेको खाताबाट रकम काटेर संकलन गर्नेछ र उक्त रकम छुट्टै खातामा जम्मा गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*