बुटवल–नारायणगढ सडक अवरुद्ध, सवारीसाधन अलपत्र

१५ असार २०८२, आईतवार १३:१०

काठमाडौँ ।  लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ अन्तर्गत विनयी खोलामा बनेको अस्थायी डाइभर्सन तथा वैकल्पिक भित्री सडकमा पानी पसेपछि यातायात आवागमन रोकिएको हो।

मालबाहक सवारीका लागि प्रयोग हुँदै आएको डाइभर्सन र यात्रुबाहक सवारीका लागि तोकिएको वैकल्पिक बाटो दुबै अवरुद्ध बनेका छन्। विनयी त्रिवेणी–३ को खरङ्गे खोलामा पनि पानीको सतह तीव्र गतिमा बढेपछि सर्दी हुँदै ज्यामिरेतर्फ जाने वैकल्पिक मार्गसमेत अबरुद्ध बनेको छ। यसले गर्दा दाउन्ने–दुम्कीवास खण्डमा सवारी आवतजावत सम्भव नभएको प्रहरीले जनाएको छ।

असिना र भारी वर्षाका कारण अस्थायी संरचना पटक–पटक क्षति भोगिरहेका छन्। बर्सेनि विनयी खोलामा बनाइने डाइभर्सन अत्यधिक पानीका कारण बग्ने समस्या दोहोरिँदै आएको छ, जसले यस क्षेत्रको यातायात सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*