सुदूरपश्चिमको बजेटमाथि आजदेखि छलफल शुरू, पर्सि पारित गर्ने तयारी

१५ असार २०८२, आईतवार १३:५१

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि आज असार १५ गतेबाट प्रदेश सभामा छलफल शुरू हुँदैछ।

गत असार १ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट सभामा पेश गरेका थिए। बजेट प्रस्तुत भएको करीब तीन सातापछि छलफल थालिएको हो। छलफलका लागि आज दिउँसो ४ बजे बैठक बस्दैछ।

अब लगातार तीन दिनसम्म बजेटमाथि छलफल गरेर असार १७ गतेभित्रै पारित गर्ने तयारी प्रदेशसभाले गरेको छ। कार्य व्यवस्था परामर्श समितिको केही दिनअगाडि बसेको बैठकले बजेट पारितका लागि यही मिति तोकेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*