सूर्यज्योति लाइफको विशेष योजना: व्यतित बीमालेख पुनर्जागरणमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८२ असार १५ देखि २८ गतेसम्म लागू हुने गरी व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा अधिकतम ५० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो।
पाँच वर्ष ननाघेका बीमालेखहरूमा ५० प्रतिशत र पाँच वर्ष नाघिसकेका बीमालेखहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा दिइने छुट सर्तसहितको हुनेछ। यो सुविधा बीमा अवधिभरमा एकपटक मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै, २०८३ असार १५ सम्म परिपक्व हुने बीमालेखहरूमा भने यो योजना लागू नहुने प्रस्ट पारिएको छ।

बीमा पुनर्जागरणको मिति देखि एक वर्षभित्र समर्पण गरिएमा छुट सुविधा स्वरूप दिइएको सम्पूर्ण रकम कट्टा गरिनेछ।












