जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १ खर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनामा साढे १ खर्बमाथिको कुल बीमा व्यवसाय भित्राउन सफल भएका छन् ।
हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
नेपाल लाइफले यस अवधिसम्ममा ४१ अर्बको कुल बीमा व्यवसाय गर्न सफल भएका छन् ।
दोस्रोमा नेशनल लाइफले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमा व्पयासाय भित्रयाउन सफल भएको छ।
तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
चौथौमा हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब ५४ करोड ५रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ , प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।














