बैदेशिक रोजगारी बीमाबाट जीवन बीमकले आर्जन गरे २ अर्ब ७५ करोड, सन नेपाल अग्रस्थानमा

१५ असार २०८२, आईतवार १६:०९

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७५ करोड २० लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो ।

यसअवधिमा सर्वाधिक बैदेशिक रोजगार बीमा शुल्क आर्जन गर्नेमा सन नेपाललाई पहिलो स्थानमा रहेको छ । चालु आवको ११ महिनामा कम्पनीले बैदेशिक रोजगार बीमा शुल्क मार्फत ४४ करोठ ६९ लाख रुपैयाँ संकलन गरेको हो ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको नेपाल लाइफले ३१ करोड ७६ लाख रुपैयाँ, तेस्रो नम्बरमा रहेको आइएमई लाइफले २७ करोड १ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको सूर्यज्योति लाइफले २४ करोड ६७ लाख र पाँचौ नम्बरमा रहेको सानिमा रिलायन्स लाइफले २१ करोड ८३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् ।

यता, बैदेशिक रोजगार बीमा शुल्कमा क्रमशः नेशनल लाइफले २१ करोड १९ लाख, एशियन लाइफले १९ करोड ६९ लाख, सिटिजन लाइफले १९ करोड ३४ लाख, प्रभु महालक्ष्मी लाइफले १५ करोड १६ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १४ करोड ६८ लाख र हिमालयन लाइफले १४ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*