चीनमा रहेका नेपालीलाई उर्जामन्त्रीको आग्रहः आफ्नो देशमा लगानी गर्नुस्, सुरक्षाको जिम्मा सरकारले लिन्छ

१५ असार २०८२, आईतवार १७:३८

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपालमा लगानीको वातावरण बनिरहेको भन्दै चीनमा रहेका नेपाली समुदायलाई उर्जा क्षेत्र सहित विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री खड्काले वेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन गर्दै नेपाली समुदायलाई स्वदेशमा लगानी गर्न आग्रह गरेका हुन् ।

नेपाल विश्वकै जलस्रोतको धनी देश भएको भन्दै उर्जाबाटै समृद्दी हासिल हुनेगरि सरकारले काम गरिरहेको र लगानीको वातावरण बनिरहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने र १५ हजार भन्दा बढी विजुली भारत लगायत तेस्रो मुलुकमा बेच्ने सुनिश्चितता गरिरहेकोले छिट्टै नेपालको मुहार फेरिने बताए ।

मन्त्री खड्काले भने, ‘जो जहाँ भएपनि नेपालीलाई माया नेपालकै हुने भएकोले तपाईहरुले सकेको लगानी र सहयोग देशमा गर्नुस्, लगानीको वातावरण सरकारले बनाएको छ, अव तपाईहामी मिलेर देशको विकासमा जुटौं ।’

नेपाली समुदायसँग मन्त्री खड्काले नेपालमा केही भएन भन्ने भाष्यबाट मुक्त भएर जलस्रोतमा संसारकै धनी देश नेपाल अब जलस्रोत क्षेत्रबाट समृद्दी हासिल गर्नसक्छ भन्ने कुरा स्थापित हुदै गएको र आफू मन्त्री भएपछि उर्जा विकास मार्गचित्र –२०८१ सार्वजनिक गरि मुलुकको विकासमा स्पष्ट नीतिका साथ अगाडी बढेको बताए ।

बंगलादेशसँग विजुली बेच्न नेपाल दक्षिण एसियाकै पहिलो देश भएको भन्दै अहिले ४० मेगावाट विजुली बेचिरहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*