एलआईसी नेपालको बोनस शेयरमा मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार ?

१५ असार २०८२, आईतवार १७:५४

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ९०८.३६ रुपैयाँलाई आधार मानेर मूल्यसमायोजन गरिएको हो ।

समायोजनपश्चात कम्पनीको प्रतिकित्ता शेयर मूल्य ८२५.७८ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*