मुगुमा लगातार दोस्रो दिन भूकम्प

१६ असार २०८२, सोमबार ०९:२२

काठमाडौं । मुगु जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार दोस्रो दिन पनि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दोस्रो दिन सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बिहान ८ बजेर ३९ मिनेटको समयमा गएको उक्त भूकम्पको तीव्रता ४.३ म्याग्निच्यूड मापन भएको छ।

अघिल्लो दिन मात्रै मुगुकै जिमालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। आइतबार २ बजेर ३४ मिनेटको समयमा गएको उक्त भूकम्पको तीव्रता ४.८ म्याग्निच्यूड मापन भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*