एलईभी ०१ साट्न एक हप्ते एक्सचेन्ज कार्निभल, पाउनुहोस् बोनस र छुट

काठमाडौं । एलएस अटोको इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ साट्ने अवसरसहितको लेभलअप एक्सचेन्ज कार्निभल काठमाडौंको तीनकुनेमा सुरू भएको छ । नेक्सन भेन्चर प्रालिले सञ्चालनमा ल्याएको नयाँ शोरुमको उद्घाटनसँगै आजदेखि एक हप्तासम्म यो एक्सचेन्ज कार्निभल आयोजना गरिएको हो ।
कम्पनीका अनुसार ग्राहकले जुनसुकै ब्रान्ड वा मोडलको पुरानो गाडी ल्याएर एलएस अटोको नयाँ एलईभी ०१ एसयूभी साट्न सक्नेछन् । कार्निभल अवधिमा पुरानो गाडी साट्ने ग्राहकले विभिन्न अफर पाउनेछन् । जसमा क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाट क्षमताको वालमाउन्टेड चार्जर, एक वर्षको सडक कर तथा एक वर्षको निःशुल्क बीमा सुविधा रहेका छन् ।
एलएस अटोको एलईभी ०१ मा ६७.१२ किलोवाट आवर क्षमताको ब्याट्रीप्याक जडान गरिएको छ, जसले कम्पनीको दाबीअनुसार एक पटकको चार्जमा ५०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यो एसयूभीमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ, जुन आफ्नो सेग्मेन्टमै सबैभन्दा बढी हो ।
कम्पनीले एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी पनि उपलब्ध गराएको छ । नेपाली बजारमा यो गाडी दुई भेरियन्टमा उपलब्ध छ— स्ट्यान्डर्ड एडिसन (एसई) र कम्फर्ट एडिसन (सीई) । एलईभी ०१ को एसई भेरियन्टको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र सीई भेरियन्टको मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।













