नेष्डो समृद्ध लघुवित्तको सीईओमा अशोक आचार्य नियुक्त
१६ असार २०८२, सोमबार १०:५२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्य नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले पाल्पाका आचार्यलाई सीईओ नियुक्त गरेको हो ।













