एलआइसी नेपालको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त
१६ असार २०८२, सोमबार ११:०७

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । यसअघिका सञ्चालक तबलेश पाण्डेको पदावधि समाप्ति भएपछि नयाँ सञ्चालक रुपमा उनलाई नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको असार ४ गते बसेको बैठकको निर्णयले उनलाई सञ्चालक पदमा नियुक्त गरिएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए ।













