सुर्यज्योति लाइफ र सुनौलो बचत तथा ऋण सहकारी संस्थाबीच ऋणी बीमा सम्झौता

१६ असार २०८२, सोमबार ११:३१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखा चितवन र सुनौलो बचत तथा ऋण सहकारी संस्था लि. कालिका–६, चितवनबीच ऋणी बीमा सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सुर्यज्योति लाइफ नारायणगढ शाखा प्रमुख सुरेन्द्र गिरी, सुनौलो सहकारीका अध्यक्ष दीपक थापा मगर, सुनौलो सहकारीका व्यवस्थापक अनोज ढकाल, सञ्चालक समिति सदस्य मोतीराम चौधरी, ऋण अधिकृत बुद्धि गुरुङ तथा सुर्यज्योति लाइफका एजेन्सी म्यानेजर सन्देश तामाङको उपस्थिति रहेको थियो ।

उक्त सम्झौताले दुवै संस्थाबीचको सहकार्यलाई अझ बलियो बनाउने कम्पनीले विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*