निर्धारण भयो सोमबारको सुनको मूल्य, प्रतितोला कति पर्छ ?

१६ असार २०८२, सोमबार १३:२४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा झरेको हो।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसैबीच, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन र चाँदीको कारोबारमा नयाँ करका प्रावधानहरू ल्याएको छ। बजेटमा सुनमा दुई प्रतिशत विलासिता कर थप गरिएको छ भने गहनामा हिरा वा अन्य बहुमूल्य पत्थर जडान गरिएमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरिएको छ।

यिनै करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन्। उनीहरूले करको पुनरावलोकनको माग गर्दै आन्दोलन सुरु गरेका छन्। यसै आन्दोलनका कारण नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो र आज नियमित समयभन्दा ढिलो मूल्य निर्धारण गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*