हाइड्रोपावर र विकास बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१६ असार २०८२, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.९९ अंकले बृद्धि भएर २६३४.२७ को बिन्दुमा कायम भएको छ ।
बजार बढेसँगै सोमबार साहश उर्जा लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ३६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज सानिमा माई हाइड्रोपावरको ३१ करोड ४७ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।














