उपभोक्ता संरक्षण विभागद्वारा १२ फर्मको अनुगमन, एकलाई जरिवाना

१६ असार २०८२, सोमबार १८:१७

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार १२ वटा उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन तथा कारवाही गरेको छ।

सोमबार असार १६ गते काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा पाथिभारा आकृति इलेक्ट्रिक सप्लायर्सलाई उपभोक्तासँग सम्बन्धित कानुन उल्लंघन गरेको ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

त्यस्तै, आहाना ट्रेड लिंक, फेशन फर्निसिङ प्रा.लि., आशियाना इन्टरनेशनल प्रा.लि., हाईटेक फर्निचर, स्टार उड इन्टरनेशनल प्रा.लि. र मान ब्रदर्शलाई व्यवसायसँग सम्बन्धित कागजातहरू तीन दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।

गोल्डेन बुक्स प्रा.लि.लाई उपभोक्ता संरक्षण ऐन बमोजिम व्यवसायीले पालना गर्नुपर्ने दायित्वहरू पूर्ण रूपमा पालना गर्न चेतावनी दिइएको छ।

त्यस्तै, सिनर्जी डिष्ट्रीब्युटर्स, सि. टि. सी डेकोर सप्लायर्स प्रा. लि., रेपिड ग्रुप प्रा. लि. र विक्की हार्डवेयर हाउस प्रा. लि. लाई सामान्य निर्देशन दिइएको विभागले जानकारी दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*