दुई ब्रोकर कम्पनी कारवाहीमा

१६ असार २०८२, सोमबार २०:४८

नेपाल धितोपत्र बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटि ब्रोकर कम्पनीलाई कारवाही गरेको छ ।

बोर्डले दुवै कम्पनीलाई ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८० ।८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेश नगरेकोले  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम प्रथम पटकको लागि रु. ५,००० आर्थिक जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*