अख्तियारको निगरानीमा रहेको बोर्डलाई अर्थ मन्त्रालयले दियो आईपीओ स्वीकृतीमा कडाई बनाउन निर्देशन

१६ असार २०८२, सोमबार २१:२४

काठमाडौं । । अर्थ मन्त्रालयले आईपीओ निष्कासन गर्ने कम्पनीको सबै वित्तीय र व्यवस्थापकीय पक्षलाई विस्तृत अध्ययन गरेर मात्रै आईपीओ जारी गर्न बाटो खुल्ला गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । अख्तियारले आईपीओको फाइलमाथि छानविन गर्दै गर्दा अर्थमन्त्रालयले पनि बोर्डलाई आईपीओ निष्काशन प्रकृयामा कडाई बनाउन निर्देशन दिएको हो ।

अर्थमन्त्रालले धितोपत्र बोर्डलाई आईपीओ जारी गर्ने कम्पनीको रेटिङ र प्रिमियम मूल्य निर्धारण पनि निगरानी राख्न निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावमा रहेकर नै अर्थ मन्त्रालयले बोर्डलाई यस्तो निर्देशन दिएको हो ।

‘कुनै कम्पनी वा संस्थाको प्राथमिक सेयर अनिष्कासन गर्दा धितोपत्र बोर्डले उक्त कम्पनी वा संस्थाका सबै वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरेर मात्र अनुमति दिने,’ अर्थमन्त्रालयको निर्देशनमा भनिएको छ, ‘सो क्रममा धितोपत्रको रेटिङ निर्धारण वस्तुपरक भए नभएको अनुगमन गर्ने, धितोपत्रको प्रिमियम मूल्य निर्धारण गर्दा आर्थिक चलखेलको गुञ्जायस देखिएकाले उपयुक्त र विश्वसनिय मूल्यांकन विधिवाट धितोपत्र निष्कासन गर्न प्राथमिकता दिने ।’बिषय उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*