सिटिजन्स सदाबहार योजनामा आवेदन दिने म्याद थप

१७ असार २०८२, मंगलवार ०६:४६

काठमाडौं । साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ मा आवेदन दिने म्याद थपिएको छ।

यसअघि निष्कासन बन्द छिटोमा असार १७ गते तोकिएकोमा माग अनुसार आवेदन नपरेकाले १० दिन अवधि थपेर असार २७ गते कायम गरिएको छ। यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका दरले ५ करोड इकाई निष्कासनमा आउनेछ। जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको कम्तीमा ४ करोड २५ लाख इकाई सार्वजनिक निष्कासन गरिएको हो। यसमा आवेदन दिंदा घटीमा १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ।

यसमा थपिएको अवधिसम्म पनि कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज गरी आवेदकको रकम फिर्ता गरिने तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म इकाई थप अर्थात् ६ करोड २५ लाख इकाई कायम गरेर बाँडफाँड गरिने व्यवस्था रहेको छ।

यसमा योजनाको अवधि वा परिपक्व अवधि लागू नहुने र बाँडफाँड भएको ३ महीनापछि खरीद–बिक्री गर्न सकिने जनाएको छ। यो धितोपत्र दोस्रो बजारमा सूचीकरण वा कारोबार नहुने तर आधिकारिक संस्थालाई वितरक तोकी खरीद बिक्री हुने व्यवस्था मिलाउने जनाएको छ।b

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*