हिम स्टार उर्जाको आईपीओ सर्वसाधारणलाई बिक्रीमा, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। यसमा लगानीकर्ताले असार २४ गतेदेखि आवेदन दिन सक्नेछन्
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरिसकेको छ।
अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा असार २७ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।













