डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
१७ असार २०८२, मंगलवार ०७:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार १७ गते अमेरिकी डलरको भाउ ४५ पैसाले वृद्धि भएर खरीददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ।
यसदिन अष्ट्रेलियन डलरको खरीददर ८९.४६ रुपैयाँ र बिक्रीदर ८९.८६ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ, कतारी रियालको खरीददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ कायम भएको छ।
यूएई दिरामको खरीददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, मलेसियन रिंगिटको खरीददर ३२.५१ रुपैयाँ र बिक्रीदर ३२.६५ रुपैयाँ र कुवेती दिनारको खरीददर ४४७.८५ रुपैयाँ र बिक्रीदर ४४९.८१ रुपैयाँ कायम भएको छ।












