मेरो माइक्रोफाइनान्सद्वारा बीमाको लागि शिलबन्दी आह्वान

१७ असार २०८२, मंगलवार १०:३६

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमाको लागि शिलबन्दी आह्वान गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै कर्मचारीहरुको म्यादी जीवन बीमा र निर्जीवन बीमाको लागि शिलबन्दी आह्वान गरेको हो ।

सूचना अनुसार जीवन बीमा तर्फ प्राकृतिक मृत्युको बीमांक रकम १० लाख, काजकिरिया खर्च एक लाख अर्थात प्राकृतिक मृत्युको १० प्रतिशत र सघन रोग बीमा तर्फ १० लाख रुपैयाँ बीमांकको १५ प्रकारका घातक रोग समावेश हुने गरी बीमा गर्नुपर्ने छ ।

साथै लघुवित्तले सदस्यहरुको म्यादी जीवन बीमा (कर्जा) लगायतको बीमा गर्न आवश्यक भएकाले इच्छुक संस्थालाई १५ दिनभित्र शिलबन्दी पेश गर्न आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*