व्यवसायी आन्दोलनकाबीच सुनको मूल्य उच्च बढ्यो, अब प्रतितोला कति ?

१७ असार २०८२, मंगलवार १३:२६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी कारोबारमा थप करको व्यवस्था गरेसँगै देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन् । करका प्रावधान खारेजीको माग गर्दै व्यवसायीहरूले आन्दोलन चर्काउँदै लगेका छन् । यसबीच, नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा मूल्य उल्लेखनीय रूपमा उकालो लागेको हो ।

चाँदीको मूल्य पनि आज सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर २ हजार १५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*