टाटाका विद्युतीय ट्याक्सी किन्नेलाई सिद्धार्थ बैंकले कर्जा दिने
१७ असार २०८२, मंगलवार १७:४९

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच टाटा मोटर्सका विद्युतीय ट्याक्सीका लागि कर्जा सुविधा सम्बन्धी समझदारी पत्र (एमओयू) सम्पन्न भएको छ।
यस सहकार्यअन्तर्गत, सिप्रदी ट्रेडिङमार्फत विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरूले सिद्धार्थ बैंकबाट पाँच वर्षे अवधिको छिटो, सहज र सुलभ ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको बताएको छ।












