अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह
१८ असार २०८२, बुधबार ०६:४०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ।
कम्पनीमा विभिन्न समयमा परेको दाबी निवेदनहरूमध्ये केहीमा कागजात अपुग भएको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीले त्यस्ता बीमितलाई कागजात सहित सम्पर्कमा आउन भनेको हो।
अबको ७ दिनभित्र पनि बीमित अपुग कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ। कम्पनीको केन्द्रीय वा जुनसुकै शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।














